images
images
  • रवि लामिछानेको रिहा सम्बन्धी निवेदनमा केहीबेर आदेश आउँदै, सर्वोच्चबाहिर भीड बढ्दो

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिहा माग्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण र सम्बन्धित निवेदनमा बहस सम्पन्न भई आज आदेश आउने तयारी गरिएको छ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तीन दिनसम्म चलेको सुनुवाइपछि आजै निर्णय सुनाइनेछ।

    मंगलबार र बिहीबार भएको बहस नसकिएपछि शुक्रबार ‘हेर्दा हेर्दै’मा राखिएको थियो। आदेश आउने दिन परेकाले सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मी, रविका समर्थक, रास्वपाका नेता तथा कार्यकर्ताहरूको भीड लागेको छ। त्यस्तै, सर्वोच्च परिसरको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीको बाक्लो उपस्थिति देखिएको छ।

    मंगलबारदेखि बिहीबारसम्म रविका कानुन व्यवसायीहरूले बहस गरेका थिए। बिहीबार छविलाल तिवारीका वकिल र सरकारी वकिलले समेत बहस सकेका थिए। शुक्रबार जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरे भने त्यसपछि रविका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले जवाफी बहस प्रस्तुत गरे।

    जिल्ला अदालत रुपन्देहीले रविलाई एक करोड धरौटीमा रिहा गर्ने तथा छविलाई थुनामा पठाउने आदेश दिएको थियो। त्यसविरुद्ध दुवै पक्ष उच्च अदालत बुटवल पुगेका थिए, जहाँ रविलाई थुनामा पठाउने र छविका हकमा जिल्ला अदालतको आदेश सदर गर्ने निर्णय भएको थियो।

    त्यसपछि दुवैले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै निवेदन दिएका थिए। ती निवेदन र बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा हाल अन्तिम निर्णयको प्रतीक्षामा छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images