images
images
  • सङ्खुवासभामा ६ वर्षीया बालिकाको शंकास्पद मृत्यु, दाहसंस्कारको तयारीमा रहेको अवस्थामा शव बरामद

    काठमाडौं – सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ बाट बिहीबार प्रहरी टोलीले एक ६ वर्षीया बालिकाको शव दाहसंस्कारको तयारी हुँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ।

    मृतक बालिका भोटेखोला गाउँपालिका–४, सिप्प्रङकी युनिका तामाङ हुन्। उनी गोपाल तामाङकी छोरी हुन्। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ।

    प्रारम्भिक अनुसन्धानमा पारिवारिक झगडाको क्रममा बालिकालाई डिलबाट धकेलिएको आशंका गरिएको छ। झगडा युनिकाकी आमा र जेठाजुबीच भएको बताइएको छ। डिलबाट लडेर गम्भीर घाइते भएकी बालिकालाई विराटनगरस्थित नोबेल अस्पताल पुर्याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो।

    प्रहरीले बालिकालाई डिलबाट धकेलेको आशंकामा अनिका गुरुङ तामाङलाई पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images