images
images
  • सिद्धिचरण नगरपालिकाद्वारा १९ विपन्न परिवारलाई जस्तापाता वितरण, खरको छानोमुक्त अभियानलाई तीव्रता

    ओखलढुङ्गा – सिद्धिचरण नगरपालिकाले आफ्नो क्षेत्रलाई खरको छानोमुक्त नगरपालिका बनाउने अभियानअन्तर्गत १९ विपन्न परिवारलाई घर छाउन जस्तापाता प्रदान गरेको छ ।

    सिद्धिचरण नगरपालिका भण्डार शाखा प्रमुख चुडामणि दाहालका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा खरको छानो भएका विपन्न नगरिकलाई टिनको छानो फेर्न रु. १५ लाख वजेट विनियोजन गरेको थियो । त्यसमध्ये रु. १२ लाख ८५ हजार ६६२ मा ८८ बन्डल जस्तापाता खरिद गरेर १९ परिवारलार्ई वितरण गरिएको थियो । प्रतिघर तीन बन्डलको दरले ५७ बन्डल जस्तापाता बिहीबार वितरण गरिएको हो ।

    आगलागी र मनसुनजन्य जोखिमबाट नगरवासीलाई मुक्त गराउन जस्तापाता वितरणको अभियान सञ्चालन गरिएको नगरका उपप्रमुख केदारबाबु बस्नेतले बताए । अभियानलाई आगामी वर्ष पनि निरन्तरता दिइने उनले बताए ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images