मस्को/काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार रुसको युक्रेनसँगको सीमावर्ती क्षेत्र कुस्र्कको भ्रमण गरेको क्रेमलिनले बुधबार जनाएको छ ।
रुसी सेनाले युक्रेनी सेनालाई कुस्र्क क्षेत्रबाट पछि हटाएको केही हप्तापछि पुटिनले मंगलबार उक्त क्षेत्रको भ्रमण गरेका छन् ।
‘रुसी नेता पुटिनले कुस्र्क क्षेत्रको भ्रमण गर्नुभएको छ,’ क्रेमलिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुस्र्कमा रहँदा उहाँले अन्तरिम गभर्नर र अन्य रुसी अधिकारीसँग भेटवार्ता गर्नुभएको छ ।’
युक्रेनी सेनाले सन् २०२४ अगस्टमा कुस्र्क क्षेत्रको केही भागकब्जा गरेको थियो । तर, मस्कोको सेनाले उत्तर कोरियाली सेनाको सहयोगमा अप्रिलको अन्त्यसम्ममा उक्त क्षेत्रबाट उनीहरूलाई बाहिर निकालेको थियो ।
कुस्र्कबाट रोसिया २४ च्यानललाई दिएका अन्तवार्ताका क्रममा प्रसारित तस्वीरमा पुटिन चिया र मिठाइले सजिएको ठूलो टेबुलको वरिपरि आरामले मुस्कुराइरहेको देखिन्छ ।
पुटिनले स्थानीय आणविक उर्जा केन्द्रको पनि भ्रमण गर्नुका साथै शहरका अधिकारीहरूसँग भेटवार्ता गरेको क्रेमलिनले जनाएको छ ।
उनले यसअघि मार्चको अन्त्यमा कुस्र्कको भ्रमण गरेका थिए । –रासस/एएफप


विश्व खबर 


















