काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि सर्वोच्च अदालतमा बुधबार पनि सुनुवाइ हुँदैछ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दैमा’ राखिएका थिए सोही विषयलाई आज सुनुवाइ हुने भएको हो ।
गत वैशाख ७ गते लामिछानेका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएकी थिइन्।
यसअघि पटकपटक ‘हेर्न नमिल्ने’ भएर स्थगित हुँदै आएको उक्त रिटमा मंगलबार भने सुनुवाइ भएको हो।
प्रतिक्रिया दिनुहोस्























