images
images
  • सिग्मा कलेजको क्यान्टिनमा आगलागी

    काठमाडौं । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेमा रहेको सिग्मा कलेजको क्यान्टिमा बुधबार आगलागी भएको छ । ग्यास लिक भएर आगलागी भएको हो ।

    आगलागीबाट क्यान्टिनमा रहेका सामान जलेर नष्ट हुँदा करिब तीन लाख रुपैयाँबराबरको क्षति भएको बताइएको छ ।

    अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा आगो लिएका छन् ।

    आगलागी बिहान करिब ८ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images