images
images
  • सर्लाहीमा मोटरसाइकल हुँदा २ जनाको मृत्यु, २ घाइते

    जनकपुरधाम – सर्लाहीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा दुवै जना चालकको मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार दुई जना घाइते भएका छन्।

    इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार मंगलबार ४ बजे बागमती नगरपालिका–४ जिरायत बजार स्थित भित्री सडक खण्डमा पुतली चोकबाट सोल्टी बजार तर्फ जाँदै गरेको प्र.३–०२–००६प ७८६८ र विपरीत दिशाबाट आउँदै गरेको बा५६प ५२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।

    दुर्घटनामा बा५६प ५२६ नम्बरको मोटरसाइकल चालक रौतहटको बिसुनपुर्वा गाउँपालिकाका ३३ वर्षीय नागेन्द्र साह सोनार र प्र.३–०२–००६प ७८६८ नम्बरको मोटरसाइकल चालक काठमाडौं महानगरपालिका–२३ बसन्तपुर बस्ने ३० वर्षीय विवेक मानन्धरको मृत्यु भएको छ ।

    दुवै जनालाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल लगिएको भए पनि चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका हुन् ।

    यस्तै प्र.३–०२–००६प ७८६८ मा पछाडि सवार भारत बिहार राज्य बकुलिया बस्ने ३४ की मुनीदेवी साह र रौतहट बिसुनपुर्वा गाउँपालिका ४ का ३२ की चञ्चल देवी साह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइते दुवै जनालाई थप उपचारका लागि वीरगञ्ज लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images