images
images
  • डा. विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर, गभर्नर नियुक्तिमा कानुनी बाधा हट्यो

    काठमाडौं – सर्वोच्च अदालतले अर्थशास्त्री प्रा.डा. विश्व पौडेलविरुद्ध दर्ता भएको रिट निवेदन अस्वीकार गर्ने आफ्नो प्रशासनको निर्णय सदर गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको इजलासले रिट दर्ता नगर्ने निर्णयलाई वैधानिक ठहर गर्दै दरपीठ आदेश सदर गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।

    यो आदेशसँगै डा. पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सरकारलाई कानुनी रूपमा सहज भएको छ। तथापि, नियुक्तिपछि उनको योग्यता तथा वैधानिकतामाथि थप प्रश्न उठ्न सक्ने र भविष्यमा नयाँ रिट निवेदन पर्न सक्ने सम्भावना भने कायमै छ।

    यसअघि अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले डा। पौडेलको गभर्नर नियुक्ति संविधान तथा कानुन विपरीत हुने दाबी गर्दै सर्वोच्चमा रिट निवेदन पेस गरेका थिए। उक्त रिटलाई अदालत प्रशासनले प्रारम्भिक रूपमा दर्ता गर्न नमिल्ने ठहर गर्दै फिर्ता गरेको थियो, जसलाई अहिले औपचारिक रूपमा सदर गरिएको हो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images