images
images
  • गभर्नर सिफारिस समितिको बैठक सिंहदरबार सुरु

    काठमाडौं – गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक केहीबेर अघि सुरु भएको छ ।

    बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्ने बताइएको छ । प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सत्तारुढ दलमा सहमति जुटिसकेको छ ।

    अहिले मन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेलको संयोकत्वमा अर्थसास्त्री पोषराज पाण्डे र पूर्व गभर्नर महाप्रसाद अधिकारी सम्मिलित सिफारिस समितिको बैठक चलिरहेको छ ।

    सो बैठकले आजै पौडेल सहित अन्य दुई जनाको नाम गभर्नरका लागि सिफारिस गर्नेछ । ऐनत गभर्नर सिफारिस गर्दा समितिले डेपुटी गभर्नरबाट एक जना र अन्य दुई जना बाहिरबाट सिफारिस गर्नुपर्ने छ ।

    हाल डेपुटी गभर्नरमा निलम ढुंगाना र बम बहादुर मिश्र छन् । समितिले संभवत ढुंगानाको नाम सिफारिस समितिमा राख्ने संभावाना छ । समितिले आजै ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने छ।
    सरकारले आजै गभर्नर नियुक्त गर्नका लागि मन्त्रिपरिषद बैठक पनि डाकेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images