images
images
  • विद्युतीय अपराध अभियोगमा शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

    रुपन्देही – कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ परेका छन्।

    रुपन्देही जिल्ला अदालतले जेठ १ गते चौधरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसयता उनी फरार थिए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा डीएसपी सुरज कार्कीका अनुसार, चौधरी आज आफैं प्रहरी समक्ष हाजिर भएका हुन्। अहिले उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ।

    चौधरीमाथि एक युवती र उनको परिवारको गोपनीयता भङ्ग गर्दै यौन शोषणसम्बन्धी सामग्री सार्वजनिक गरेको आरोप लागेको छ। उक्त मुद्दा विद्युतीय अपराध ऐनअन्तर्गत अनुसन्धानको दायरामा रहेको प्रहरीले जनाएको छ।

    चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images