काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले नेपाली कांग्रेसका सांसदहरूको उपस्थिति संसदमा कम रहेको भन्दै आपत्ति जनाएकी छिन् ।
प्रतिनिधिसभाको आज (मंगलबार) बसेको बैठकमा बोल्दै उनले कांग्रेस सांसदहरू संसदमा कम रहेको बताइन् । उनले कांग्रेसका सांसदहरू आज गभर्नर खोज्न हो की प्रधानमन्त्री खोज्न जानुभएको भन्दै प्रश्न गरिन् । ठूलो पार्टी भइसकेपछि संसदमा पनि ठूलै उपस्थिति हुनु जरुरी रहेको उनको भनाइ छ ।
उनले भनिन्, ‘आज त नेपाली कांग्रेसका माननीयज्युहरू त सात, आठ जनादेखि बढ्ता त देखिँदैन नी ! उहाँहरू कता जानुभयो ? गभर्नर खोज्न जानुभयो की प्रधानमन्त्री खोज्न जानुभयो ? तपाईंहरू एकदमै कम संख्यामा हुनुहुन्छ, ठूलो पार्टी भएको भएर मलाई त शंका लागेको छ ।’
संसदमा ८ जना भन्दा बढी कांग्रेसका सांसद नदेखिएको उनको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्























