images
images
  • खुश्बु ओलीको चेक अनादर मुद्दामा सर्वोच्चले गर्याे उच्चको फैसला खारेज, पाइन् सफाइ

    काठमाडौं – सर्वोच्च अदालतले राप्रपा नेता खुश्बु ओलीलाई चेक अनादरको मुद्दामा दोषी ठहर गर्ने उच्च अदालत पाटनको फैसला खारेज गरेको छ ।

    यो फैसलासँग ओलीले चेक अनादरको आरोपबाट सफाइ पाएकी छन् ।

    न्यायाधीशहरू डा. कुमार चुडाल र अब्दुल अजीज मुसलमानको इजलासले उच्च अदालत पाटनको फैसला खारेज गरेको हो ।

    राप्रपा नेता ओली चेक अनादरको आरोपमा ३ महिना कैद सजाय भएको थियो भने उनी विरुद्ध ३ हजार जरिवानाको फैसला भएको थियो ।

    मुद्दा दायर गर्ने व्यक्तिले नै आफूले रकम पाएको भनी स्वीकार गरेपछि ओलीलाई दोषी ठहर गर्ने निर्णय खारेज भएको हो ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images