images
images
  • कोशी प्रदेशका सांसद सवार गाडी मोरङमा दुर्घटना

    काठमाडौं – कोशी प्रदेश सभाका सदस्यहरू सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटना भएको छ ।

    सोमबार दिउँसो २ बजे पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट झापा तर्फ जाँदै गरेको बा. ५ च ३५३० नम्बरको कार विपरित दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको कारसँग ठोक्किएर दुर्घटना भएको हो ।

    दुर्घटनामा परेको गाडीमा प्रदेश सभा सदस्यहरू लाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ, र विद्या चाम्लिङ सवार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

    दुर्घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images