images
images
  • रविको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ हेर्न नमिल्ने सूचीमा परेपछि प्रधानन्यायाशीशले सारे आफ्नै इजलासमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज (सोमाबार) सुनुवाइ हुने सम्भावना बढेर गएको छ ।

    लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुने भएकाले सो सम्भावना बढेको हो ।

    रविको बन्दी प्रत्यक्षीकरणको रिट माथि सुनुवाइका लागि पटकपटक पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ भन्दै ४ पटक सूचीमा चढाएर पनि पेशी सारिँदै आएको थियो ।

    गत बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म रिट चारपटक हेर्न नमिल्ने सूचीमा परेपछि रास्वपा सांसद सोभिता गौतमले पनि संसदमा प्रश्न उठाएकी थिइन् ।

    रविको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गैरकानुनी रुपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छिन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images