images
images
  • बाढीले डाइभर्सन बगाएपछि कान्ति लोकपथ अवरुद्ध

    मकवानपुर : वर्षाका कारण हेटौंडा–काठमाडौ सडक खण्ड अन्तर्गत पर्ने कान्ति लोकपथ अवरुद्ध भएको छ।

    वर्षाले बागमती खोलाको डाइभर्सन बगाएपछि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    मकवानपुरको भिमफेदी गाउँपालिका(८ र ललितपुरको बागमती गाउँपालिका–२ स्थित दुई जिल्लाको सिमाना रहेको बागमती खोलामा बनाइएको डाइभर्सनबाट सवारी साधन आवत जावत गर्दै आएका थिए।

    डाइभर्सन बगाएर सवारी आवतजावत अवरूद्ध भएपछि सो स्थानमा प्रहरी टोली पुगेको र अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images