images
images
  • इजरायल–गाजा युद्ध अन्त्य उन्मुख, अन्ततः हमाससँग नेतन्याहूले टेके घुँडा

    काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी द्वन्द्व अन्त्य गर्ने सम्झौताका लागि शर्त तय गर्ने गरी हमाससँग सम्झौता गर्न इजरायल तयार रहेको आइतबार संकेत गरेका छन् ।

    प्रधानमन्त्री नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस क्षणमा पनि दोहामा वार्ता टोलीले विटकोफ फ्रेमवर्कअनुसार होस् वा युद्ध अन्त्यको एक भागको रूपमा सम्झौताका लागि सबै सम्भावनालाई खोज्न काम गरिरहेको छ ।’

    विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सम्झौताले सबै बन्धकहरूको रिहाई, हमास ‘आतंककारी’ हरूको निर्वासन र गाजा पट्टीको निःशस्त्रीकरण समावेश गर्नेगरी वार्ता टोलीले काम गर्नेछ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images