images
images
  • एमाले भातृसंगठन लथालिंग : एउटा जिल्ला र १३ संगठनको अधिवेशन अझैँ अनिश्चित

    काठमाडौं । नेकपा (एमाले)ले एक जिल्ला र १३ संगठनको अधिवेशन अझैँ सम्पन्न गर्न सकेको छैन ।

    एमालेले निर्धारित समयभन्दा ढिलो भइसकेकाले धनुषा जिल्ला र अन्य १३ संगठनको अधिवेशन यही महिनाभित्र सक्ने पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले जानकारी दिए ।

    उनका अनुसार गत वर्षको जेठभित्रै सबै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने भनेता पनि अझै धनुषाको अधिवेशन सम्पन्न हुन बाँकी छ । धनुषाको अधिवेशन गत वैशाख २० देखि २३ गते सुरु भए पनि विवादका कारणले रोकिएको छ ।

    आयोगका अध्यक्ष सुब्बाका अनुसार धनुषाको अधिवेशन यही जेठ ७ गते तोकिएको छ ।

    गत चैत मसान्तसम्म संगठनको महाधिवेशन सम्पन्न गर्ने निर्देशन दिए पनि नौ वटामा मात्रै संगठनको महाधिवेशन सम्पन्न भएका छन् ।

    आयोग अध्यक्ष सुब्बाका अनुसार अनेरास्ववियु, राष्ट्रिय युवा संघ, अखिल नेपाल महिला संघ, नेपाल किसान महाससंघ, नेपाल खेलकुद महासंघ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लगायतको महाधिवेशन गर्न बाँकी रहेको छ ।

    उनले ती संगठनको महाधिवेशन यही जेठभित्र सम्पन्न गर्ने गरि कार्यतालिका प्रकाशन गरिसकेका छन् । एमालेका २२ संगठन रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images