काठमाडौं । लमजुङको बेशीसहरमा तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार गर्ने फरार भएका छन् ।
खुकुरी प्रहार गर्नेहरू फरार भएसँगै अहिलेसम्म उनीहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । उनीहरूको खोजी भइरहेको लमजुङले प्रहरीले जनाएको छ ।
हालसम्म उनीहरूको पहिचान नभएको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट खुसीजंग गुरुङ र सुदीप अधिकारीको घाइते भएका थिए । उनीहरूको चितवनमा उपचार हुँदैछ । गुरुङ वेशीसहर नगरपालिका वडा नम्बर–१ को अध्यक्ष समेत हुन् ।
जिल्ला अधिवेशन उद्घाटनको क्रममा उनीहरूलाई तरुण दलकै अर्को समूहले खुकुरी प्रहार गरेको थियो । खुकुरी प्रहारबाट घाइते भएका अरू ३ जना डिस्चार्ज भएका छन् ।
यो घटना शनिबार घटेको थियो ।
तरुण दल नेपाली कांग्रेस निकट युवाहरूको संगठन हो ।
प्रतिक्रिया दिनुहोस्























