images
images
  • भारत–पाकिस्तान युद्धविराम सकिँदै, के होला अब ?

    काठमाडौं । भारत र पाकिस्तानबीच आइतबार युद्धविराम समाप्त भएको दाबी गरिएका मिडिया रिपोर्टमा भारतीय सेनाले प्रतिक्रिया जनाएको छ ।

    भारतीय सेनाले विज्ञप्ति जारी गरी भनेको छ, ‘आज कुनै पनि डीजीएमओ स्तरको वार्ता तय गरिएको छैन ।’

    विज्ञप्तिमा थप भनिएको छ, ‘जहाँसम्म मे १२ मा डीजीएमओ वार्तामा निर्णय गरिएको युद्धविराम अवधिको सवाल छ, यसको कुनै म्याद समाप्त हुने मिति छैन ।’

    जम्मु कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबीचको वैमनस्य सैन्य द्वन्द्वमा परिणत भएको थियो ।

    मे ७ मा दुई देशबीच सुरु सैन्य आक्रमण मे १० को साँझ युद्धविरामको घोषणापछि मात्र रोकिएको थियो ।

    यद्यपि यसपछि पनि दुई देशबीच एकअर्काविरुद्ध सैन्य हमला जारी राखेको आरोप–प्रत्यारोप चलेको थियो ।

    आज युद्ध विराम अन्त्य भएसँगै यी देशबीच सम्भावित आक्रमणको आकलन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images