images
images
  • ४० हजार करोडको ड्रोन, गोला र बारुद किन्ने भारतको निर्णय

    पाकिस्तानविरुद्ध चलिरहेको अपरेसन सिन्दूरको बीच भारतका रक्षा बलले हतियार र गोला बारुद किन्न लगभग ४०,००० करोड रुपैयाँ पाउने भएका छन्।

    भारतीय सञ्चामाध्यमका अनुसार यसअन्तर्गत निगरानी ड्रोन, अत्याधुनिक घातक ड्रोन खरिद गरिनेछ।

    रक्षा अधिकारीहरूका अनुसार रक्षा अधिग्रहण परिषद्ले आफ्नो हालैको बैठकमा आपतकालीन अधिकारअन्तर्गत अधिग्रहण अनुमोदन गरेको हो। बैठकमा रक्षा मन्त्रालयका अधिकारीहरू सहित धेरै वरिष्ठ सैन्य अधिकारीहरू पनि उपस्थित थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images