images
images
  • काँग्रेस संसदीय दलको बैठक भोलि बस्दै

    काठमाडौं – सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ ।

    काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ः०० बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए ।

    बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images