
काठमाडौं । प्रमुख सत्तारूढ नेपाली कांग्रेसका पूर्वमन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
टेरामक्स काण्डमा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री बस्नेत कांग्रेस सिन्धुपाल्चोक–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
बस्नेतसँग दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र अन्य कम्पनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
आरोपीबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्