images
images
  • धादिङबाट पोखरा जाँदै गरेको माइक्रोबस दुर्घटनामा तीनको मृत्यु, आठ घाइते

    पोखरा-धादिङबाट पोखरतर्फ जाँदै गरेको एक माइक्रोबस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

    धादिङको विभिन्न क्षेत्रबाट यात्रु बोकेर पोखरा जाँदै गरेको बा ५ ख ७८९२ नम्बरको माइक्रोबस मंगलबार बिहान तनहुँको आँबुखैरेनी नजिकै दुर्घटनामा परेको हो। दुर्घटनामा घटनास्थलमै दुई जनाको मृत्यु भएको हो भने उपचारका क्रममा थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई पोखरास्थित विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिमा रहेको माइक्रो मोड काट्ने क्रममा अनियन्त्रित भई सडकबाट तल खसेको बताइएको छ। दुर्घटनाको थप विवरण संकलन भइरहेको छ।

    स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य गरिएको थियो। मृतकको सनाखत भइसकेको छैन।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images