images
images
  • मोरङको बाल सुधार गृहबाट तीन जना बालक फरार, खोजी कार्य जारी

    विराटनगर – विराटनगरमा रहेको बाल सुधार गृहबाट तीन जना बालकहरू भागेका छन् ।

    विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बाल बिजाइँकर्ता भागेका हुन् ।

    प्रहरीका अनुसार उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका तीन बालक भागेका हुन् ।

    भागेहरुको खोजी भइरहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

    फरारमध्ये उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो । उनी तीन वर्षदेखि सुधार गृहमा थिए ।

    झापा र ताप्लेजुङका दुई बालक पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा आएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images