काठमाडौं । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ ।
‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो सगरमाथा संवाद आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुँदैैछ । आगामी दिनमा यो संवाद प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारको निर्णय छ ।
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले गत वर्ष पुस ८ गते काठमाडौंमा सगरमाथा संवाद हुने घोषणा गरेका छन् । त्यस्तै गत माघ २१ गतेको मन्त्रिपरिषद् बैठकबाट सगरमाथा संवादको पहिलो संस्करण आयोजना गर्ने निर्णय भएको थियो भने फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकबाट संवादको अवधारणापत्र स्वीकृत गरी सचिवालय स्थापना गरिएको थियो ।
संवाद आयोजनाका लागि प्रधानमन्त्री ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको संयोजकत्व र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहसंयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सचिवालय, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर पौडेल क्षेत्रीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।
प्रचार प्रसार समितिका संयोजक क्षेत्रीले समसामयिक विश्वका जल्दाबल्दा मुद्दाहरूमा राष्ट्र÷सरकार प्रमुखहरू, मन्त्रीहरू, सांसदहरू, नीति निर्माताहरू, विज्ञहरू, सञ्चारमाध्यम, व्यापारिक समुदायलगायतबीच नेपालमा बहुसरोकारवाला, अन्तर–क्षेत्रीय विश्वव्यापी संवादका लागि उपयुक्त मञ्च उपलब्ध गराउनु संवादको उद्देश्य रहेको जानकारी दिए ।
संवादमा झण्डै ४० देशका १५० बढी विदेशी पाहुनाको सहभागिता हुने तय भएको आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
सम्मेलनमार्फत विदेश पाहुनामध्ये केही उच्च राजनीतिक व्यक्तित्वदेखि विदेशमन्त्री, वन तथा वातावरणसम्बन्धी मन्त्री, उच्च सरकारी अधिकारी, दातृ निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखहरू, शैक्षिक व्यक्तित्व, जलवायु विज्ञलगायतको सहभागी हुनेछ ।
१. H.E. Mr. Xiao Jie, Vice Chairman of the Standing Committee of the 14th National People’s Congress (NPC), People’s Republic of China
२. H.E. Shri Bhupender Yadav, Minister of Environment, Forest and Climate Change, Government of India
३. H.E. Mr. Mukhtar Babayev, COP29 Presidency, Minister of Ecology and Natural Resources of Azerbaijan
४. H.E. [Name TBD], Kingdom of Bahrain
५. H.E. Ms. Sharmeen Soneya Murshid, Hon. Advisor to the Ministry of Social Welfare and the Ministry of Women and Children Affairs of Bangladesh
६. H.E. Gem Tshering, Minister for Energy and Natural Resource, Royal Government of Bhutan
७. H.E. Mr. Thoriq Ibrahim, Minister of Tourism and Environment of the Maldives
८. H.E. [Name TBD], Pakistan
९. H.E. Ms. IKUINA Akiko, Parliamentary Vice-Minister for Foreign Affairs, Japan
१०. H.E. Abdulla Balalaa, Assistant Foreign Minister for Energy and Sustainability Affairs, United Arab Emirates
११. H.E. Baroness Susan Hayman, Parliamentary Under-Secretary of State (Lords Minister), United Kingdom
१२. H.E. AmbassadorBader Omar Al Dafa, Special Envoy/Vice-Minister of the Minister of Foreign Affairs for Climate Change, State of Qatar
१३. Ms. Dinara Kemelova, Special Representative of the President of Kyrgyzstan for implementation of the Five Years of Action for Development of Mountain Regions, Kyrgyz Republic
१४. H.E. Issa bin Saleh Al hibani, Ambassador of the Sultanate of Oman
१५. H.E. Carlos Alberto Michaelsen den Hartog, Brazil
१६. H.E. Mrs. Noha Hamdy Ahmed ElGebaly, Ambassador of Egypt
१७. H.E. Ambassador Md. Golam Sarwar, Secretary General, SAARC
१८. H.E. Mr. Indra Mani Pandey, Secretary-General, BIMSTEC
१९. Ms. Hana Singer Hamdy, United Nations (UNCR Nepal)
२०. H.E. Mr. Martin Raiser, World Bank Regional Vice President for South Asia
२१. Ms. Fatima Yasmin, Asian Development Bank (ADB) Vice-President for Sectors
साथै, SAARC, BIMSTEC, World Bank, ADB, Loss and Damage Fund, IPCC, UNFCCC, UN-ESCAP, IRENA, Alpine Convention























