images
images
  • सांसद गीता गुरुङले दिइन् सांसद पदबाट राजीनामा

    काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीको सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छिन् ।

    जनताका लागि केही गर्न नसकिएको भन्दै गुरुङले पदबाट राजीनामा दिएको उल्लेख गरेकी छिन् ।

    उनले प्रदेश सभाका सभामुखसमक्ष दिएको राजीनामा पत्रमा भनेकी छिन्, ‘देशको परिस्थितिबारे श्रीमानलाई अवगत नै होला तसर्थ मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आस गरी बसेका मेरा स्वाभिमानी जनता आमाबुवा दाजुभाइ दिदी बहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई अभास भइरहेको छ ।’

    देश र जनताको पीरमर्का बुझेको उल्लेख गर्दै उनले देश जनता भन्दामाथि कोही नहुने बताएकी छिन् ।

    उनी जनमतकी समानुपातिक सांसद हुन् ।

    495268024 4027899614158006 2281030082924695036 n vJBtmAz80j

    प्रतिक्रिया दिनुहोस्

    images
    images