images
images
  • म्यान्मारको एक विद्यालयमा हवाई आक्रमण, दुई शिक्षकसहित २२ जना विद्यार्थीको मृत्यु

    काठमाडौं । म्यान्मारको जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ ।

    जसमा २० विद्यार्थी र दुई शिक्षक रहेका छन् । आक्रमण सोमबार बिहान ओइ थेइन क्विन गाउँस्थित एक विद्यालयमा भएको हो ।

    म्यान्माको ‘जुन्टा’ भन्नाले त्यहाँको सेना जनाइन्छ । सन् २०२१ मा जननिर्वाचित सरकारलाई हटाएर शासनको जिम्मा लिएको थियो ।

    त्यो समयको चुनावपछि सेनाले परिणाम अस्वीकार गर्दै नेतृ आङ सान सु चीको सरकारलाई अपदस्थ ग¥यो र देशको बागडोर सम्हाल्यो ।

    त्यसपछि देशभर विरोध र आन्दोलनहरू भए । तर, सेनाले ती प्रदर्शनहरू नियन्त्रणमा ल्याउने प्रयास ग¥यो । अहिले पनि म्यान्मामा यही सैन्य नेतृत्वले शासन गरिरहेको छ, जसलाई ‘जुन्टा’ भनेर चिनिन्छ ।

    स्थानीय बासिन्दाका अनुसार बिहान १० बजे (स्थानीय समय अनुसार) विद्यालयमाथि आक्रमण भएको थियो ।

    यो गाउँ मार्च २८ मा आएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्पको केन्द्रबाट करिब १०० किलोमिटर टाढा पर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images