images
images
  • हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ, ४२ लाख नगद बरामद

    काठमाडौँ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने खोटाङ बराहपोखरी गाउँपालिका–२ घर भएका २३ वर्षीय विजय कुमार राई र रामेछाप मन्थली नगरपालिका-६ घर भएका २८ वर्षीय खेटराज श्रेष्ठ रहेका छन् ।

    काठमाडौँ महानगरपालिका–२२ न्यूरोड एरियामा नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत वित्तीय कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

    उनीहरूको साथमा प्रहरीले हुण्डी कारोबारको लागि बोकेको ४२ लाख १० हजार रुपैयाँ पनि बरामद गरेको छ ।

    आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images