काठमाडौं । भारतले पाकिस्तानसँगको तनावका कारण बन्द गरेका ३२ विमानस्थल खुला गरेको छ ।
सोमबार भारतको नागरिक उड्डयन प्राधिकरणले बन्द गरिएका ३२ वटा विमानस्थल खुला गरेको जनाएको छ ।
भारतीय अखबार द हिन्दुस्तान टाइम्सका अनुसार बन्द गरिएको ३२ वटै विमानस्थल सोमबारदेखि नै पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
शनिबार युद्धविराम घोषणा भएपछि पनि केही विमानस्थल सञ्चालनमा आएको थियो। सञ्चालनमा बाँकी रहेका विमानस्थलहरू सोमबारदेखि नै सञ्चालनमा आएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
भारतीय नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेर सुरक्षा जोखिमलाई मध्यनजर गरेर ३२ विमानस्थल मे १५ सम्मका लागि बन्द गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















