काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत–पाकिस्तानको सम्भावित युद्धबाट पन्छिएकोमा धन्यवाद दिएका छन् ।
दुई देशबीच हात हालाहालको स्थिति आए पनि युद्ध सुरु नभएको प्रति उनले सन्तोष व्यक्त गरे ।
आज लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा प्रधानमन्त्री ओलीले भने, ‘केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो । तर त्यो हात हालाहाल बढ्न पाएनन् । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो हात हालाहालको स्थिति भनेर । लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गर्यौँ । उहाँहरूसित पनि कुरा गर्यौँ र नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।’
भारत–पाकिस्तानबीचको युद्ध विराम भएको छ भने अहिले वार्ता चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्























