images
images
  • छत्तीसगढमा ट्रेलरसँग ट्रक ठोक्किँदा १० जनाको मृत्यु

    भारतको छत्तीसगढमा यात्रु बोकेको ट्रक ट्रेलरसँग ठोक्किँदा कम्तिमा १० जनाको मृत्यु भएको छ।

    छत्तीसगढको सरगाउँनजिक रायपुर-बलोदाबजार सडकमा एउटा मेलामा सहभागी भएर फर्किएका यात्रु बोकेको ट्रक ट्रेलरसँग ठोक्किएको थियो।

    रायपुरका प्रहरी उपरीक्षक लाल उम्मद सिंहका अनुसार ट्रकमा चौथियामा छट्टीमा सहभागी भएर फर्कन लागेको यात्रुहरू चढेका थिए।

    दुर्घटनामा धेरै मानिसहरू घाइते भएको बताइएको छ। विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

    सबै घाइतेहरुलाई डाक्टर भिमराव अम्बेडकर मेमोरियल अस्पताल पठाइएको भारतीय अनलाइन हिन्दुस्तान टाइम्सले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images