images
images
  • बन्द रहेको आन्तरिक हवाइ उडान असार १७ गतेदेखि खुल्ने

    काठमाडौं । आन्तरिक हवाइ उडान खुल्ने भएको छ । कोरोना संक्रमणदर घट्दै गएकोले असार १७ गते देखि आन्तरिक उडान खुल्ने भएको हो ।

    कोरोना भाइरस संक्रमण बढेपछि हवाइ उडान रोकिएको थियो। विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायु सेवा कम्पनीले १० मिनेटको अन्तरालमा जहाज उडान गर्नुपर्नेछ।

    एयरलाइन्सले नियमित उडानको आधा संख्यामा जहाज उडाउन पाउनेछन् । बुद्ध एयरलाई दिनमा ३१ उडान गर्न दिइने भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

    त्यसैगरि, यति एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई ७, सौर्यलाई ३ र एसटिओएलतर्फ उडान गर्नेलाई तीन र तीन उडान स्वीकृति दिइएको छ।

    साथै, सरकार र विमानस्थलले बनाएको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा यात्रुले पालना गर्नुपर्नेछ। विमानस्थल सुविधादेय समितिको आइतबार बसेको बैठकले स्वास्थ्य मापदण्ड कडाइ साथ लागु गर्न कार्यान्वयन समिति र सुपरीवेक्षण समिति पनि बनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images