images
images
  • अमेरिकाको मध्यस्थतामा भारत-पाकिस्तान युद्धविराम गर्न सहमत

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन्।

    भारत र पाकिस्तानबीचको सीमामा निरन्तर ड्रोन आक्रमण, गोलाबारी र तनावपूर्ण अवस्था सिर्जना भएको बेला यो कदम चालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

    जसले क्षेत्रीय र विश्वव्यापी स्तरमा चिन्ता बढाएको थियो।

    अमेरिकी पक्षले यसलाई दुई देशको सामान्य ज्ञान र महान् बुद्धिमत्ताको परिणामको रूपमा वर्णन गरेको छ।

    अमेरिकाले युद्धविराम गर्ने निर्णयको लागि दुवै देशलाई बधाई दिएको छ।

    अब सीमामा शान्ति पुनर्स्थापित हुने र दुई देशबीचको तनाव कम गर्न थप सकारात्मक कदम चालिने अपेक्षा गरिएको छ। –एजेन्सीबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images