पाकिस्तानी सेनाले साइबर आक्रमणले भारतीय सेनाको क्षमतामा बाधा पुर्याएको दाबी गरेको छ ।
अलजजिराका अनुसार पाकिस्तानी सेनाले नेभिगेसन र सञ्चार उपग्रहसहित भारतीय सैन्य उपग्रहहरूलाई ‘सफलकतापूर्वक जाम’ गरेको दाबी गरेको सुरक्षा स्रोतहरूले बताएका छन् ।
पाकिस्तानको साइबर आक्रमणले भारत सरकारको इमेल सर्भर र पोर्टलहरूलाई पनि निशाना बनाएको बताइएको छ ।
तर यस विषयमा भारत सरकारले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
यसैबीच भारतीय सेनाले पाकिस्तानले आफ्नो पश्चिमी सिमानामा आक्रमण गरेको बताएको छ ।
जम्मु कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंकवादी हमलामा २६ जना मारिएपछि पाकिस्तानलाई दोष दिँदै भारतले उसविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान चलाइरहेको थियो ।
त्यसको जवाफमा पाकिस्तानले पनि भारतविरुद्ध ‘अपरेसन बुन्यान-अन-मार्सुस’ थालिएको बताएको छ ।
यसैबीच जी-७ देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् ।


विश्व खबर 

















