काठमाडौँपा । किस्तानले उच्च–गतिका मिसाइलहरू प्रयोग गरेर आफ्ना आधारहरू लक्षित गरेको भारतले बताएको छ ।
भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलन गर्दै पाकिस्तानले भारतीय वायुसेना वेसहरू लक्षित गरेर उच्च–गतिका मिसाइलहरू प्रयोग गरेको आरोप लगाइन् ।
यसअघि पाकिस्तानले भारतले आफ्ना तीनवटा सैनिक वायुसेना आधारहरूलाई मिसाइल हमलाले लक्षित गरेको आरोप लगाएको थियो ।
पत्रकार सम्मेलनमा पाकिस्तानले उक्साउने र तनाव बढाउने प्रवृत्ति अबलम्बन गरेको भन्दै भारतका विदेश सचिव भने, `मैले पहिले पनि धेरैपटक भनेको छु, पाकिस्तानका गतिविधिहरूले उक्साउने र तनाव बढाउने काम गरेको छ ।´
पाकिस्तानी हमलाको प्रतिकारमा भारतले जिम्मेवार र संयमित ढंगले आफ्नो रक्षा गरेको उनको भनाइ छ । `आज बिहानै हामीले यो बढाउने र उक्साउने प्रवृत्तिको पुनरावृत्ति देख्यौँ ।´
भारतीय वायुसेनाकी विंग कमान्डर व्योमिका सिंहले पाकिस्तानले भारतको पश्चिमी सीमामा धेरै खतराका साधनहरू प्रयोग गरेर आक्रामक कार्यहरू गरेको बताइन् ।
उनले पाकिस्तानले ड्रोन, लामो दूरीका हतियारलगायत विविध हतियार प्रयोग गरेर नागरिकको बसोबास रहेका क्षेत्रहरू र सैनिक पूर्वाधारहरू लक्षित गरेको जानकारी दिइन् ।
`पाकिस्तानी सेनाले नियन्त्रण रेखाको छेउछाउ वायुसेना वेसहरूलाई ड्रोन र भारी क्यालिबरका हतियारहरूको प्रयोग गर्दै निशाना बनाएको छ,´ उनले भनिन् ।


विश्व खबर 

















