images
images
  • पाकिस्तानी सेनाले भारतको मिसाइल भण्डारण केन्द्रमा गर्‍यो आक्रमण

    कठमाडौं । पाकिस्तानले ‘अपरेसन बुनियान मरसुस’ अन्तर्गत भारतको पञ्जाबको सैन्य केन्द्रहरूमा आक्रमण गरेको छ ।

    भारतको पंजाब प्रदेशको बियासमा रहेको ब्रह्मोस मिसाइल भण्डारण केन्द्र नष्ट गरेको पाकिस्तानले दाबी गरेको अलजजिराले बताएको छ ।

    पाकिस्तानी सेनाको दाबी अनुसार, भारतीय सैन्य सुविधाहरूमा प्रहार गर्नका लागि फतह–१ मध्यम दूरीको मिसाइल प्रणालीसहित धेरै सैन्य साधनहरू प्रयोग गरिएका अलजजिराले बताएको छ ।

    ब्रह्मोस मिसाइलहरू सुपरसोनिक प्रकारको रहेको बताइएको छ, जसको अधिकतम प्रहार दूरी ८०० किलोमिटर (४९७ माइल) छ । यी मिसाइलहरू पनडुब्बी, जहाज, लडाकु विमानलगायत विभिन्न सैन्य यानबाट प्रक्षेपण गर्न सकिन्छ ।

    यो मिसाइल ब्रह्मोस एयरोस्पेसले विकसित गरेको हो जुन भारतको रक्षा अनुसन्धान तथा विकास संगठन र रूसी रकेट डिजाइन ब्युरो एनपीओ मासिनोस्ट्रयेनियाको संयुक्त कार्य हो ।

    ब्रह्मोस नाम भारतको ब्रह्मपुत्र नदी र रूसको मोस्क्वा नदीको नामको मिस्रित शब्द हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images