images
images
  • आक्रामक आन्दोलन गर्दै राजेन्द्र, कमल र नवराज, राजसंस्था नफर्केसम्म सडक तताउँदै राजावादी

    काठमाडौं । राजसंस्था र सनातन हिन्दुराज्य पुनस्र्थापना लागि राजावादीहरूले आन्दोलन गर्दैछन् ।

    आज (बिहीबार) राजसंस्था पुनस्र्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले पत्रकार सम्मेलनमार्फत आन्दोलन घोषणा गरेका हुन् ।

    उनले भने, ‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौँ । सुवेदीले पत्रकार सम्मेलनमार्फत भनेका छन्, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ ।’

    सुवेदीले आफूहरूको आन्दोलन राजसंस्था र हिन्दुराज्य पुनस्र्थापनाका लागि भएको बताएका छन् । सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने उनले घोषणा गरे ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायतले अब हुने आन्दोलन अनिश्चितकालीन भएको बताएका छन् ।

    उनीहरूले राजसंस्था र हिन्दुराज्य पुनस्र्थापना नभएसम्म सडक आन्दोलनबाट नफर्किने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images