काठमाडौं । विभिन्न माग राखी आन्दोलनरत राष्ट्रिय पुनर्निर्माण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(भवन) अन्तर्गतका प्राविधिकहरू काममा फर्किने भएका छन् । आइतबार प्राधिकरण र आन्दोलनरत प्राविधिकहरू बीच प्राविधिकहरुको माग पुरा गर्ने सम्बन्धमा ७ बुँदे सहमति पत्रमा हस्ताक्षर भएसँगै प्राविधिकहरू काममा फर्किने भएका हुन् ।
प्राधिकरण र प्राविधिकबीच सबै आन्दोलन आजकै मितिबाट टुंग्याएर नियमित कामकाजमा फर्किने, प्राविधिकहरूले बुझाएको राजीनामा अस्वीकृत गर्ने, असार महिनाको पाउनुपर्ने सेवा, सुविधाहरु उपलब्ध गराउने सहमती भएको छ ।
प्राविधिकहरूले पाउनुपर्ने सञ्चार खर्च, यातायात खर्च र स्थानीय भत्ता चालू आर्थिक वर्ष ०७७र०७८ को श्रावण महिनाबाटै नियमानुसार उपलब्ध गराइने भएको छ । त्यस्तै, जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुंगा अन्तर्गत रही कार्यरत इन्जिनीयर राजा साहको कामकै दौरान मृत्यू भएकोमा साहको परिवारजनलाई बीमाको रकम उपलब्ध गराउन केन्द्रीय आयोजना कार्यान्वयन इकाई९भवन०ले पहल गर्ने सहमती पत्रमा उल्लेख गरिएको छ ।
प्राधिकरण अन्तर्गत रही विभिन्न समयमा कामकाज गरेका कर्मचारीहरु ९प्राविधिकहरू, सामाजिक परिचालकहरु, डकर्मीहरु समेत०को कार्य अनुभव सहितको विवरण रोस्टर तयार पारी अनलाइन पोर्टलमा राख्ने साथै त्यस रोस्टरलाई सम्बन्धित विभिन्न निकायमा भावी प्रयोजनका लागि प्राधिकरणले पठाउने र प्राविधिकहरूलाई भावी दिनमा अन्यत्र काम गर्दा आवश्यक पर्ने रिफ्रेसर तालिमको व्यवस्था प्राधिकरणले गर्ने सम्बन्धमा सहमती भएको हो ।
सहमति भएसँगै प्राविधिकहरू काममा परिचालित हुने र रोकिएको नीजि आवासको सिफारिस गरेर तत्काल किस्ता पाउनेगरी काम गर्ने तथा आगामी कार्तिक मसान्तभित्र तेस्रो किस्ताको रकमको लागि निवेदन हाल्नसक्ने लक्ष्यको साथ काम गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए ।
आन्दोलनरत प्राविधिकहरूले आफ्नो माग पुरा भएको बताएका छन् । आन्दोलनरत केन्द्रीय आयोजना कार्यान्वयन इकाई९भवन० अन्तर्गतका प्राविधिकहरुको तर्फबाट अध्यक्ष अविनाश अमरले आफुहरुको माग पुरा भएको र आजैको मितिदेखि काममा खटिने बताए ।
पुनर्निर्माण प्राधिकरण अन्र्तगतका प्राविधिकहरू निकै लामो समयदेखि आन्दोलन गर्दै आएका थिए । प्राविधिकहरुको राजीनामा अस्वीकृत भएको छ भने काममा खटिने भएका छन् ।


विश्व खबर 

















