उत्तर कोरियाले बिहीबार आफ्नो पूर्वी समुद्रमा विभिन्न प्रकारका छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको छ ।
उत्तरले दक्षिण कोरियाली क्षेत्रमा तनाव बढाउँदै सैन्य प्रदर्शनहरूको शृङखलामा थप गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।
दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार बिहान करिब ८ः१० देखि ९ः२० बजे (स्थानयि समय) सम्म पूर्वी बन्दरगाह सहर वोनसान वरिपरिको क्षेत्रबाट धेरै क्षेप्यास्त्र प्रक्षेपण गरिएका थिए ।
तीमध्ये सबैभन्दा टाढाको दूरी करिब आठ सय किलोमिटर थियो । यसले तत्काल प्रक्षेपित गरिएका मिसाइलहरूको संख्या भने पुष्टि गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















