काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेस–एमाले नेतृत्वको सत्ता गठबन्धन परिवर्तन नहुने दाबी गरेका छन् ।
आज (बिहीबार) ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले आयोजना गरेको कार्यक्रम समापन पश्चात् उनले यस्तो दाबी गरेका हुन् ।
सञ्चारकर्मीले सरकार फेरबदलको आयु कहिले टुंगिन्छ ? भन्ने प्रश्नमा उनले जवाफ थियो– सनियोजित हल्ला फैलाइएको हो । देउवा–ओलीबीच भएको सहमतिकै आधारमा सरकार अघि बढ्छ । दुई ठूला दल मिलेर बनेको सरकार ९–१० महिनामै फेरबदल हुँदैन ।
‘म मन्त्री बनेको १० महिना भइसक्यो, फेरि १० महिना धेरै पनि होइन । धेरै यसकारण होइन की पहिला पहिला ९–१० महिनामा सरकार फेरिन्थ्यो, त्यसो भएको हुनाले पूरै एक सरकारको कार्यकाल जस्तो लाग्थ्यो । यसपालि दशै महिनामा फेरिँदैन। यस्ता १० महिना हामी तीन चारवटा अरु व्यहोर्छौँ,’ उनको जवाफ थियो ।























