काठमाडौं । बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
रिता सिंह वैद्य नेपाल बाल संगठनको अध्यक्ष भएको बेला बाल संगठनको जग्गा लिजमा दिने निर्णय भएको थियो ।
बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा दर्ता गर्दै ६० करोड बढी रकम मागदाबी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्























