काठमाडौं । नेकपा (एमाले) को भातृ संगठन युवा संघ पर्वतको अधिवेशन अगावै कार्यकर्ताहरूबीच गोदागोद भएको छ ।
संघका दुई समूहबीच अधिवेशनबारे छलफलकै क्रममा कार्यकर्ताहरूबीच गोदागोद गएको हो ।
अधिवेशन गर्ने वा नगर्ने विषयमा भएको विवाद उत्कर्षमा पुगेपछि एमाले कार्यकर्ता एवं प्रदेश सदस्य तथा युवा संघका पूर्वकेन्द्रीय सदस्य अर्जुन निर्जन पौडेल अर्का एक जना कुटिएका छन् ।
पार्टी कार्यालयमा बोलाइएको छलफलमा अधिवेशन गर्नुपर्ने र गर्न नहुने भन्ने पक्षबीच गोदागोद भएको थियो । केन्द्रीय सदस्य पौडेल, युवा संघ जिल्ला अध्यक्ष विनोद थापा, सचिव प्रकाश थकालीले रोक्नुपर्छ भन्ने पक्षमा थिए ।
तर, एमाले जिल्ला अध्यक्ष गोविन्द गिरीले अधिवेशन गर्नैपर्ने बताएपछि विवाद भएको थियो । अधिवेशन गर्नुपर्ने केन्द्रको निर्देशन भएको भन्दै आयोजक कमिटी गठन गर्न बोलाइएको छलफलमा नेताकार्यकर्ताबीच गोदागोद भएको थियो भने दुई जनामाथि कार्यकर्ताले कुटपिट गर्दा रातोखोरो (रक्ताम्य) भएका छन् ।
राष्ट्रिय युवा संघको जेठ ९ देखि ११ गतेसम्म पोखरामा अधिवेशन हुँदैछ ।























