images
images
  • प्रचण्डले खुमलटारमा बोलाएको बैठक स्थगित

    काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिम संसदीय दलका नेताहरूबिचको छलफल स्थगित भएको छ । लामो समय देखिको विवाद समाधानका लागि प्रचण्डले बुधवार दिउँसो १ बजे दलका नेताहरूलाई आफ्नो निवास खुमलटार बोलाएका थिए ।

    तर प्रचण्ड हिजो राति शौचालयमा लडेर घाइते भएपछि छलफल स्थगित भएको बुझिएको छ । सुदूरपश्चिम प्रदेशका सांसद शिवसिंह ओली अर्को सूचना नआएसम्म छलफल स्थगित भएको जानकारी दिए ।

    ‘संसदीय विवाद समाधानका लागि अध्यक्षले बोलाएर हामी काठमाडौँ आएका छौँ । छलफलका लागि दिउँसो १ बजे खुमलटार बोलाउनुभएको थियो । अहिले भर्खर बैठक स्थगित भएको खबर आएको छ । अर्को पटक बोलाउँछौ भनेका छन् । कहिले बोलावट हुन्छ थाहा छैन’, उनले भने ।

    २०८० फागुनमा संसदीय दलको नेताबाट भट्टलाई हटाएर मानबहादुर धामी दलको नेता बनेपछि विवाद उत्कर्षमा पुगेको छ । प्रचण्डले सहमतिमै विवाद समाधान गर्न पटक पटक निर्देशन दिएपनि कार्यान्वयन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images