काठमाडौं । काठमाडौं महानगरको फोहोर बोडेर गुडेका दुईसय गाडीमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेका छन् ।
बञ्चरेडाँडा ल्यान्ड फिल साइटमा जाँदै गरेका गाडीमाथि नुवाकोटका स्थानीयबासीन्दाले ढुंगामुढा प्रहार गरेका हुन् ।
ककनी गाउँपालिका–१ स्थित सडकमा गुडिरहेका गाडीमाथि उनीहरूले ढुंगामुढा प्रहार गरेपछि घटनास्थलमा प्रहरी पुगेको थियो ।
प्रहरीले घटनाबारे सोधपुछ गर्दा स्थानीयले बालाजुमा बेच्न ल्याएको तरकारी नगर प्रहरीले धरपकड गरेको उनीहरूको आरोप छ ।
केहीबेरमा महानगर र स्थानीयबीच वार्ता हुन लागेको महानगरका वातावारण विभाग प्रमुख सरिता राईले बताइन् ।
प्रतिक्रिया दिनुहोस्























