images
images
  • प्रधानमन्त्रीले कारण नखुलाइ अचानक रोके नवनियुक्त राज्यमन्त्रीको शपथ, मन्त्रिपरिषद्को बैठक पनि गरे स्थगित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त उर्जा राज्यमन्त्रीको शपथ रोकेका छन् ।

    प्रधानमन्त्रीले कुनै पनि कारण नखुलाइ नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको शपथ स्थगित गरेका हुन् ।

    आजै (शुक्रबार) बिहान आह्वान गरिएको मन्त्रिपरिषद् बैठक पनि स्थगित गरिएको छ ।

    सिंहदरबारमा आह्वान गरिएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको हो ।

    प्रधानमन्त्री ओलीको सचिवालयले दुवै कार्यक्रम स्थगित भएको जनाएको छ ।

    तर, मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम स्थगित गर्नुको कुनै कारण भने खुलाइएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images