images
images
  • रुसको आक्रमणमा २८८ युक्रेनी सर्वसाधारणको मृत्यु

    रुसले बुधबार युक्रेनले कुस्र्क क्षेत्रमा गरेको महिनौँ लामो आक्रमणका क्रममा २८८ सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।

    युक्रेनविरुद्ध मस्कोले गरेको पूर्ण आक्रमणको प्रतिशोधस्वरूप किएभले सन् २०२४ को अगष्टमा आफ्ना सैनिकहरू सीमापार पठाएको थियो ।

    क्रेमलिनले हालैका दिनहरूमा उत्तर कोरियाली सेनाको सहयोगमा पश्चिमी सीमा क्षेत्रबाट युक्रेनी सेनालाई हटाएको बताएको छ भने किएभले कुस्र्कमा अझै लडिरहेको बताएको छ ।

    ‘रूसको स्वास्थ्य मन्त्रालयको तथ्यांअनुसार अगस्ट यता ७९१ जनाको स्वास्थ्यमा क्षति पुगेको छ, जसमध्ये २८८ जनाको मृत्यु भएको छ,’ कुस्र्क क्षेत्रका गभर्नर अलेक्जेन्डर खिन्स्टीनले सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा भनेका छन् ।

    उनले अधिकारीहरूले सीमा क्षेत्रबाट मारिएका नागरिकहरूको सबै शवहरू अझै संकलन भइरहेको बताए । खिन्स्टाइनले ती सर्वसाधारणको मृत्यु कसरी भयो भन्नेबारे विस्तृत विवरण भने दिएका छैनन् ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुस्र्क क्षेत्रमा बन्दी बनाइएका कुनै पनि युक्रेनी सेनालाई दण्डित गर्ने र उनीहरूलाई ‘आतंककारी’को रूपमा व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनविरुद्ध आक्रमण सुरु गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images