images
images
  • पार्टी एकता स्थलबाटै रेशम चौधरी पक्राउ, रविका झैँ प्रतिवादमा उत्रिएनन् नाउपाका नेता–कार्यकर्ता

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक अध्यक्ष रेशम चौधरी पक्राउ परेका छन् ।

    उनी आज (बुधबार) बिहान ११ बजे जनमत र नाउपाको पार्टी एकता कार्यस्थल नेपाल प्रज्ञा भवन परिसरबाट पक्राउ परेका हुन् ।

    जनमत र नाउपाको पार्टी एकता घोषणा कार्यक्रमका लागि त्यहाँ पुगेका रेशमलाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।

    उनलाई प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्याएका छ । तर, पक्राउबारे कारण खुल्न सकेको छैन ।

    रेशम पक्राउ पर्दा कार्यस्थलमा पुगेका नेता–कार्यकर्ताले प्रतिवाद गरेनन् ।

    तर, यसअघि रास्वपाका सभापति रवि लामिछाने पक्राउ पर्दा उनका कार्यकर्ताले प्रहरीसँग प्रतिवादमा उत्रिएका थिए ।

    टीकापुर काण्डका प्रमुख आरोपी रेशम राष्ट्रपतिबाट कैद मिनाहा गरिदिएपछि २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images