काठमाडौं । सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का नेता नेपाल आइपुगेका छन् ।
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवाले आज (बुधबार) नेपाल आइपुगेका हुन् ।
उनी नेपाल आइपुगेसँगै तीन दिनको बसाइँमा प्रधानमन्त्री, सत्ता गठबन्धनका प्रमुख नेताहरू, प्रतिपक्षी दलका नेताहरू, मधेशी मोर्चाका नेताहरूसँग भेटघाट गर्ने कार्यतालिका छ ।
नेपालका राजनीतिक दलहरूसँग सम्बन्ध प्रगाढ बनाउन उनी नेपाल भ्रमणमा आएका छन् ।
कांग्रेस–एमाले सत्ता गठबन्धन फेरबदलको चर्चा सेलाएकै समयमा उनी नेपाल आउनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
भारतको प्रमुख सत्तारूढ भाजपाले नेपालको सत्ता राजनीतिमा विशेष भूमिका खेल्छ ।
चौथाईवाले शुक्रवार स्वदेश (भारत) फर्किनेछन् ।
प्रतिक्रिया दिनुहोस्























