images
images
  • सरकारको घाँडो ‘शिक्षक आन्दोलन र गभर्नर नियुक्ति’ लगायतका विषयमा छलफल गर्दै सत्तारूढ

    काठमाडौं । सत्तारूढ दलहरूको बैठक बस्ने भएको छ । उक्त बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

    सत्तारूढ दलका शीर्ष नेताहरूको संयुक्त बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकमा झन्डै एक महिनादेखि जारी शिक्षक आन्दोलन, गभर्नर नियुक्ति, सरकारका कामकारबाही, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र चिकित्सकको आन्दोलनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

    सत्तामा नेपाली कांग्रेस, नेकपा (एमाले), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, सिके रावत नेतृत्वको जनमत, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी छन् ।

    बैठक बिहान ११ः०० बजे बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images