काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा हुने भएको छ ।
आज ९बुधबार० दिउँसो ११ बजे एकता घोषणा हुने भएको हो ।
कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित एकता कार्यक्रममा पार्टीका सबै तह र संघ–संगठनलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
दुई पार्टीको एकता पश्चात् बन्ने पार्टीको अध्यक्ष जनमतका सीके राउत नै बन्नेछन् ।
नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष हुनेछन् भने पार्टीको संरक्षक रेशम चौधरी हुने बताइएको छ ।
जनमतसँग ६ जना र नाउपासँग ४ जना संघीय सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्























